भक्तपुरमा १३ वर्षीया बालिकामाथि बलात्कार


भक्तपुर- भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका १ घर भएका २३ वर्षीय अमृत थापा मगर छन् ।

ती बालिकालाई अमृतले  गत माघ १८ गतेदेखि पटक-पटक बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया