

नेपालले दियो गुजरातलाई १७७ रनको लक्ष्य

काठमाडौं – भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टिमले गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलको ७४ को मद्धतले २० ओभरभा १७६ रन बनाएको थियो ।
नेपालले उक्त रन ४ विकेटको क्षतिमा बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ७४ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले ३४, कुशल मल्लले १९. दिपेन्द्र सिंह ऐरीले ७, कुशल मल्लले ३१ र सन्दीप जोराले ७ रन बनाएका थिए ।
त्यस्तै गुजरातका बलर जयमित पटेल, शेन पटेल र तेजस पटेलले एक एक विकेट लिएका थिए ।

