लामो अफेयरपछि बिहे गरेकी पत्नीले किन हालिन् रविविरुद्ध बलात्कारको मुद्दा ?


काठमाडौं– नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध उनकै श्रीमतीले बलात्कारको जाहेरी दिएकी छिन् । उनले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत केहीदिन अगाडि जाहेरी दिएकी हुन् ।

जाहेरीपछि रविलाई समात्न अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्लाकै कृष्णपुर नगरपालिका, गुलरिया घर भएका रवि नेपाल आइडलका बिजेता हुनुपूर्व नै कञ्चनपुरकै ती युवतीसँग प्रेम सम्बन्धमा थिए । लामो प्रेम सम्बन्धपछि गत मंसिरमा उनले प्रेमिकासँग बिहे गरेका थिए । तर, बिहेपछि आफ्नो वास्ता नगर्ने तथा बाहिरै बढी बस्ने भएकाले श्रीमती उनीसँग बिच्किएकी थिइन् ।

आफूलाई भगाएर बिहे गरेपश्चात सेलिब्रेटी भइसकेपछि मतलब नगर्ने र रविको परिवारले आफूलाई छोड्न भन्ने गरेकाले बाध्य भएर उनले प्रहरीमा जाहेरी दिएको बताइएको छ । प्रहरीमा जाहेरी दिँदा उनले भनेकी थिइन्, ‘आफू ठुलो मान्छे(सेलिब्रेटी) नहुँदासम्म त्यसको लागि म सुन थिए । अहिले पित्तलजस्तो भए । म के खेलौना हुँ र ?’

धैरैलाई रविले बिहे गरेकोबारे थाहा छैन । हाल रवि ओड जापानमा रहेकाे बताइएको छ । । उनलाई पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ ।

यो पनि:

गायक रवि ओडविरुद्ध श्रीमतीले हालिन् बलात्कारको मुद्दा, अदालतबाट पक्राउ पुर्जी

 

प्रतिक्रिया