गायक रवि ओडविरुद्ध श्रीमतीले हालिन् बलात्कारको मुद्दा, अदालतबाट पक्राउ पुर्जी
काठमाडौं- नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध उनकै श्रीमतीले बलात्कारको जाहेरी दिएकी छिन् ।
कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत पत्नीले केही दिन अगाडि जाहेरी दिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जाहेरी परेर अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको बताए ।
ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो ।