

मेरिगोल्ड १ सय ११ औं वर्षमा, लक्की ड्रमा तौलबराबर चाँदी दिने अफर

काठमाडौं – काठमाडौंको न्युरोड र दरबारमार्गबाट सेवा दिँदै आएको मेरिगोल्ड (सयपत्री) ज्वेलर्स १ सय ११ औं वर्षमा प्रवेश गरेको छ ।
विक्रम सम्वत् १९६७ सालमा शंकरमान श्रेष्ठले स्थापना गरेको यो ज्वेलर्स अहिले चौथो पुस्ताले सञ्चालन गरिरहेको छ। शंकरमानपछि गोपालमान, त्यसपछि सुरेशमान हुँदै अहिले चौथो पुस्ताका साम्राज्यमानले ज्वेलर्स चलाइरहेका छन्।
सुन, चाँदी, हिरा र मोतीका आकर्षक डिजाइनका गरगहना बिक्री गर्दै आएको मेरिगोल्ड ज्वेलर्सले ग्राहक सेवा र सन्तुष्टिलाई पहिलो प्राथमिकता दिने गरेको प्रबन्ध निर्देशक ज्योत्सना श्रेष्ठले बताइन्।
उनका अनुसार न्युरोडमा रहेको मेरिगोल्डको नयाँ शोरुममा विशेष छुट तथा लक्की ड्र राखिएको छ। लक्की ड्रमा पहिलो पुरस्कार पाउने ग्राहकलाई ग्राहककै तौलबराबर चाँदी दिइने छ। दोसो पुरस्कार स्वरूप झापाको मेची क्राउन होटलमा दुई रात तीन दिनको प्याकेज दिइने छ।
‘हामीले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने कारण ग्राहकले यति लामो समयदेखि हामीलाई विश्वास गरिरहनुभएको छ,’ मेरिगोल्डकी प्रबन्ध निर्देशक श्रेष्ठले भनिन्, ‘पारिवारिक व्यवसायलाई संस्थागत अवधारणाअनुसार अघि बढाइरहेका छौं।’

