

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

तेह्रथुम- तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ मा श्रीमानले धारीलो हतियार (खुर्पा) प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
हिजो(सोमबार) साँझ पौने ७ बजे ४६ वर्षीय दिपक लिम्बु घरायसी विवादको क्रममा ५४ वर्षीया श्रीमती सुवास कुमारी लिम्बुलाई सिकल प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो ।
श्रीमतीको हत्या लिम्बुलाई तत्काल जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहाल सहितको प्रहरी टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ ।
मृतक शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

