

धारिलो हतियार प्रहार गरेर एकान्त ठाउँमा बस्ने श्रीमान् श्रीमतीको हत्या

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ राममन्दिरमा गएराति २ जनाको हत्या भएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारदेखि कालीगण्डकी पारी सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बिहान भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
पर्वतबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । एकान्त ठाउँमा भएकाे घरमा सूर्यबहादुर र उनकी श्रीमती मात्रै बस्थे ।
लुटपाट गरेर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान थालेको छ ।

