कपनमा ट्याक्सी चालकलाई कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ


काठमाडौं- लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

चैत १३ गते राति बुढानीलकण्ठ नगरपालका-१२ कपन दुर्गामन्दिर नजिकबाट बा २ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई कुटपिट गरी लुटपाट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका -६ बस्‍ने २७ वर्षीय प्रशान्त जङ कार्की र बुढानीलकण्ठ नगरपालिका-२ बस्‍ने राजु गुरूङ रहेका छन् ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

 

 

प्रतिक्रिया