बाटोमा हिँडिरहेकी बालिकालाई जबर्जस्ती गर्न खोज्ने युवक पक्राउ


लमजुङ- जिल्ला प्रहरी कार्यालय लमजुङले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राइनास नगरपालिका- ८ का ३२ वर्षीय अमृतबहादुर अधिकारी रहेका छन् । युवकले चैत १२ गते सोमबार बिहान ८ बजेतिर बाटोमा एक्लै हिँडिरहेकी बालिकालाई जबर्जस्ती गर्न खोजेका थिए ।

उजुरीका आधारमा बुधबार अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए ।

 

प्रतिक्रिया