

अनुदान दिएर राज्यले कर्णालीका जनतालाई अल्छी बनायो : सांसद विष्ट

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर विष्टले राज्यले नै अनुदान दिएर कर्णालीका जनतालाई अल्छी बनाएको बताएका छन् ।
कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दै आएका सांसद विष्टले नुन र चामलको अनुदान बन्द गरेर फापर, कोदो, मार्सी धान, स्याउ लगायतका रैथाने बालीलाई बजार पुर्याउन किसानलाई अनुदान दिनुपर्ने बताए ।
‘कर्णालीका जनतालाई राज्यले पञ्चायत कालदेखि खाद्य दिने, नुन दिने गरेको छ । नुन दिएर कर्णालीलाई बेबकुफ बनाउने काम भइरहेको छ । राज्यले नै अनुदान दिएर कर्णालीका जनतालाई अल्छी बनाएको छ । अब यसलाई अन्त्य गर्नुपर्छ ’ सांसद विष्टले भने ।
उनका अनुसार हाल कर्णाली प्रदेशमा एक घर परिवारले एक वर्षमा १०५ किलो चामल अनुदान पाउने गरेका छन् ।

