

ज्येष्ठ नागरिकमैत्री खोप केन्द्र बनाउन काठमाडौं महानगर प्रमुखको निर्देशन

काठमाडौं – कोभिड-१९ विरुद्धको खोप वितरण भइरहेका केन्द्रहरु ज्येष्ठ नागरिकमैत्री बनाउन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्देशन दिएका छन् ।
मंगलबार महानगरभित्रका खोप केन्द्रहरुको अनुगमनका क्रममा शाक्यले जेष्ठ नागरिकहरुलाई आराम गर्ने ठाउँ, इच्छाएअनुसार तातो र चिसो पिउनेपानीको व्यवस्था मिलाउन तथा आरामकक्ष र स्वास्थ्य अवस्थाको विशेष ख्याल गर्न जनस्वास्थ्य विभाग र सम्बन्धित केन्द्रहरुलाई निर्देशन दिएका हुन् ।
खोप केन्द्रमा जनशक्ति अभाव हुन नदिन पर्याप्त मात्रामा स्वास्थ्य स्वयंसेवक खटाउन पनि उनले निर्देशन दिए । कोभिड-१९ विरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा अहिले देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाइँदै छ ।
महानगरभित्रका खोप केन्द्रहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु (वडा नम्बर १२, १३, १४, २०, २१),वीर अस्पताल (वडा २२, २३, २४, २७, २८), छत्रपाटी निःशुल्क चिकित्सालय (वडा १६, १७, १८, १९, २४, २५), परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल (वडा १०, ११, २८, २९), निजामती कर्मचारी अस्पताल (वडा १०, ३१, ३२), मदरल्यान्ड अस्पताल (३२ ,६), काठमाडौं मेडिकल कलेज (वडा ९, ३०, ३१० ओम अस्पताल एन्ड रिसर्च सेन्टर (वडा ४, ५, ६, ७, ८), स्तुपा अस्पताल (वडा ६, ७, ८), सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (वडा ३, ४, ५ ), त्रिवि शिक्षण अस्पताल (वडा ३, ४,५), हिमाल अस्पताल (वडा १, ५, २९,३०), नेपाल प्रहरी अस्पताल (२, १६, २६), वीरेन्द्र सैनिक अस्पताल (वडा १३, १४, १५,१९) जनमैत्री अस्पताल (वडा १६, २६) यी स्थानहरुमा खाप केन्द्र रहेका छन् ।

