हिमाल आरोहण व्यवस्थित गर्न ११ बुँदे निर्देशिका, जथाभाबी फोटो/भिडियो खिच्न नपाइने


काठमाडौं – पर्यटन विभागले सन् २०२१ को हिमाल आरोहण सिजन थप व्यवस्थित बनाउने भएको छ । मंगलवार ११ बुँदे निर्देशिका जारी गर्दै विभागले हिमाल आरोहण सिजन थप व्यवस्थित बनाउन लागेको हो ।

निर्देशिका अनुसार अब पर्वतारोही दल र दलका सदस्यले सम्बन्धित आरोहण दलका गतिविधिबाहेक अरू फोटो भिडियो खिच्ने र प्रचारप्रसार नपाउने भएका छन् ।

आरोहण एजेन्सीका तर्फबाट पर्वतारोहणसम्बन्धी काम गर्नका लागि आधिकारिक व्यक्ति तोकेर पठाउनुपर्नेछ, पर्वतारोहणबाहेक अन्य गतिविधि गर्नुपर्ने भएमा विभागको अनुमति लिनुपर्नेछ, पर्वतारोहणमा जाने दल सम्बद्ध एजेन्सीले अनलाइन ब्रिफिङ भरेपछि मात्रै अनुमति पाउनेछन्, अनलाइन ब्रिफिङ भरेपछि मात्रै बल्ल डिब्रिफिङ प्राप्त हुने विभागले जनाएको छ ।

विज्ञप्ति सहित :

प्रतिक्रिया