

सहकारी ठगीमा रवि लामिछाने संलग्न भएको प्रमाण भेटिएन : आईजीपी कुँवर

काठमाडौं- नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी) वसन्त कुँवरले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बसेको बैठकमा लामिछानेको बारेमा प्रश्न उठेपछि उनले ठाडो उजुरी दर्ता भएको तर अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएकाे बताए ।
‘अहिले सांकेतिक रुपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ’ उनले भने ।

