

गुजरातका कप्तान शुभमन गिललाई किन भयाे १२ लाख जरिवाना ?

काठमाडौं- भारतमा जारी आईपीएल अन्तर्गत टीम गुजरात टाइटन्सका कप्तान शुभमन गिल १२ लाख जरिवानामा परेका छन् ।ढिलो ओभर रेटका कारण उनले यो जरिवाना तिर्नुपर्नेछ ।
आइपीएल २०२४ मा खेलिएको आफ्नो दोस्रो खेलमा गुजरात टाइटन्सको टोलीले चेन्नई सुपर किंग्स विरुद्ध मैदानमा उत्रियो। टोलीले जानाजानी सुस्त गतिमा खेलेको आरोप छ। यही कारणले टिमका कप्तान शुभमन गिलले १२ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।
इन्डियन प्रिमियर लिगले एक सूचना जारी गर्दै भनेको छ, “यो टोलीको पहिलो गल्ती भएकोले आईपीएल आचार संहिता अन्तर्गत उनीहरूलाई न्यूनतम जरिवाना लगाइएको छ।”

