अभिनेत्री कंगनाले पाइन् लोकसभाको टिकट
काठमाडौं- बलिउड अभिनेत्री कंगना रनौत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टी (भाजपा)ले लोकसभा निर्वाचनमा टिकट दिएको हो ।
कंगना आफ्नो गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् ।
टिकट पाएपछि कंगनाले प्रतिक्रिया दिँदै भनेकी छन्- ‘मेरो प्यारो भारत र भारतीय जनता, मैले सधैं मेरो भारतीय जनता पार्टीलाई बिना शर्त समर्थन गरेको छु । आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेशको मण्डीबाट लोकसभाको उम्मेदवार बनाएको छ ।’