

होटेलमा लुटपाट गरेको आरोपमा एक प्रहरीसहित दुईजना पक्राउ

काठमाडौं- लुटपाट गरेको घटनामा प्रहरी वृत्त बानेश्वरमा कार्यरत एक प्रहरीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वृत्तका हवल्दार चक्रबहादुर शाहीसहित दुईजना छन् ।
उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो । उनीहरूले रातोपुलको एक होटेलबाट साढे सात लाख रुपैयाँ लुटपाट गरेको खुलेको छ ।
यस विषयमा थप अनुसनधान भइरहेको बताइएको छ ।

