

‘छानविन गर्ने सीआइबी प्रमुखलाई कारबाही, निर्देशन दिने गृहमन्त्रीलाई केही नहुने ?’

काठमाडौं- नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको राजीनामा माग्दै प्रदर्शन गरेको छ ।
बुधबार राजधानीस्थित नेपाल ल क्याम्पसबाट जुलुस निकाल्दै नेविसंघका कार्यकर्ताहरूले मन्त्रीद्वयको राजीनामा मागेका हुन् ।
उनीहरू सुनको प्रतिमा बनाई नक्कली सुनको गहना लगाएर सडकमा उत्रिएका थिए । विद्यार्थीहरुले छानविन गर्ने सीआइबी प्रमुख किरणलाई कारबाही, निर्देशन दिने गृहमन्त्री र प्रधानमन्त्रीलाई केही नहुने ?, ‘नैतिकहिन गृहमन्त्री राजीनामा दे’, ‘सुन र पुन ः अर्थमन्त्री पुनमाथि छानविन गर’ लगायतका प्लेकार्ड बोकेका थिए ।

