सुन तस्करीमा पूर्वसभामुख महराको संलग्नता, मुद्दा चलाउन सिफारिस


काठमाडौं – सुनको अवैध तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो।

आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो ।

इलेक्ट्रिक चुरोट ‘भेप’मा भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ ।

पूर्व सभामुख महरालाई फेरि अनुसन्धान गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरेको गृह मन्त्रालय स्रोतले बतायो ।

महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौंमा सुन तस्करी भएको थियो ।

प्रतिक्रिया