

इन्स्टाग्राम बन्यो विश्वको नम्बर वान एप

काठमाडौं- इन्स्टाग्रामले फेसबुक र टिकटकलाई उछिनेर पहिलो नम्बरमा पुगेको छ ।
सेन्सर टावरको रिपोर्ट अनुसार विश्वमा इन्स्टाग्रामको डाउनलोड २० प्रतिशतले बढेको छ । सन् २०२३ मा इन्स्टाग्राम एप ७६ करोड ७० लाख पटक डाउनलोड भएको थियो ।
टिकटक भने ७३.३ करोड पटक डाउनलोड गरिएको थियो । यो चिनियाँ एप नेपाल लगायत भारतमा प्रतिबन्धित छ ।

