आँपको बगैचामा लगेर जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


काठमाडौं- जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सिराहबाट एक जनालाई पक्राउ गरेको छ । २१ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका-१० बस्ने ३७ वर्षीय अशाराम दासलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

दासले ती किशोरीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका-१० धनगढीस्थित आँपको बगैचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया