नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता, कप्तान रोहितले लिए विकेट


काठमाडौं – कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ ।

नामिबियाको दोस्रो विकेट कप्तान रोहित पौडेलले लिएका हुन् ।

उनले नामिबियाका तेस्रो नम्बरका ब्याट्सम्यान जिन पियर कोट्जीलाई विवेक यादवद्वारा क्याच गराएका हुन् ।

विवेकले बाउन्ड्री रोपनजिकै उत्कृष्ट क्याच लिएका थिए ।

पेभेलियन फर्किनुअघि कोट्जीले ११ रन बनाएका थिए । नामिबियाले १० ओभरमा २ विकेट गुमाउँदै ६० रन बनाएर खेलिरहेको छ ।

 

प्रतिक्रिया