

अमेरिका पठाइदिने भन्दै ३० जनालाई ३ महिनासम्म बन्धक बनाइएपछि…

काठमाडौं- अमेरिका पठाइदिने भन्दै ३ महिनादेखि बन्धक बनाइएका ३० जनाभन्दा धेरैलाई नेपाल प्रहरीले उद्धार गरेको छ ।
अमेरिका पठाउने भन्दै पैसा असुल गरेर ‘दलाल’हरूले रातोपुलस्थित एउटा घरमा बन्धक बनाइराखेका ३० जना भन्दा बढीलाई उद्धार गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भूपेन्द्र खड्काले बताए ।
स्थानीयको सूचनाका आधारमा बुधवार काठमाडौं प्रहरीले उनीहरूलाई उद्धार गरेको हो । प्रहरीका अनुसार बिचौलियाहरूले उनीहरूलाई घरभित्रै थुनेर यातनासमेत दिने गरेको पाइएको छ ।

