जीपको ठक्करबाट दिदीबहिनीको मृत्यु


दाङ- पूर्व पश्चिम राजमार्ग अन्तर्गत देउखुरीको पिपरीमा स्कारपियो जीपको ठक्करबाट साइकलमा यात्रा गरिरहेका एकैघरका दिदी बहिनीको मृत्यु भएको छ ।

जीपले ठक्कर दिँदा साइकलमा सवार झिमरूक गाउँपालिका–१ प्युठान घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५ वर्षकी  राधा बस्नेत र उनकी बहिनी १६ वर्षकी  बिपना केसीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ गईरहेको प्र ३–०१–०२२ च–१३६९ नम्बरको जीपले बुधबार बेलुका सोही दिशातर्फ गइरहेको साइकललाई राप्ती गाउँपालिका–८ पिपरीमा ठक्कर दिएको थियो ।

प्रतिक्रिया