‘प्रेमको नाटक गरेर अर्काको जिन्दगीसँग खेल्नेलाई शुभकामना’
काठमाडौं- ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसरमा गायिका समीक्षा अधिकारीले इमान्दारपूर्वक प्रेम गर्ने जोडीहरूको ३६५ दिन नै प्रेम दिवस भएको बताएकी छिन् ।
दिवसको अवसरमा सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले प्रेमको नाटक गरेर युवायुवतीहरूको मनसँग खेलवाड गर्नेहरूलाई पनि ‘भ्यालेन्टाइन डे’को शुभकामना दिएकी छिन् ।
‘मनदेखि सच्चा, सफा, इमान्दार माया गर्ने जोडीहरूको लागि ३६५ दिन नै प्रेम दिवस हो । प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरूलाई पनि प्रेम दिवसको धैरैधेरै शुभकामना’ उनले लेखेकी छिन् ।