
अवैध रकमसहित विमानस्थलबाट सिन्धुपाल्चोककी सुस्मिता पक्राउ
काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा यूएईको मुद्रा लिएर जान खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
फ्लाई दुबईको उडानमार्फत काठमाडौं जान लागेकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ की सुस्मिता गोलेको साथबाट प्रहरीले होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा १० हजार यूएई दिराम र १ लाख ४९ हजार साउदी रियाल फेला पारेको थियो ।
उनलाई विमानस्थल प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको जनाइएको छ ।
बरामद रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
