
नेताहरुका लागि लोकतन्त्र आयाे तर जनताका लागि आएको छैन : शेखर कोइराला
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा नेताका लागिमात्र लोकतन्त्र आएको तर जनताका लागि भने अझै लोकतन्त्र नआएको बताएका छन् ।
मंगलवार काठमाडौँमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘हाम्रो लागि लोकतन्त्र आएको छ, नेताहरुका लागि लोकतन्त्र आएको छ तर जनताको लागि लोकतन्त्र आएको छैन भन्ने मैले ठहर गरेको छु’ उनले भने ।
उनले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउनु गलत भएको बताएका छन् । उनले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउनु नहुने बताए ।



कागजपत्र |
