ललितपुरमा स्कुटर र मोटरसाइकल चोर्ने गिरोह


ललितपुर- ललितपुर प्रहरीले चोरीको स्कुटर र मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँ ललितपुर र प्रहरी चौकी भट्टेडाँडाले उनीहरूलाई पक्राउ गरेको हो ।

फक्राउ पर्नेमा मकवानपुर, भीमफेदी स्थायी घर भई हाल काठमाण्डौंको बल्खु बस्ने वर्ष २८ को सनम मगर, गोदावरी नगरपालिका १३ झरूवारासीका शैलेश आले, मकवानपुरको बकैया गाउँ पालिका १ बस्ने वर्ष १८ को विजय मोक्तान र बागमती गाउँपालिका ३ बस्ने वर्ष २४ को छविलाल बज्यु रहेका छन् ।

उनीहरूले सनराईज अपार्टमेण्टबाट चोरी भएको बा.९७ प ३०२ नं.को स्कुटर, बा.९५ प २८०९ नं.को स्कुटर र गोकर्णेश्वर नगरपालिका माकलबारीबाट चोरी भएको बागमती प्रदेश ०२(०३८ प ०३४५ नं. को २२० सिसिको पल्सर मोटरसाइकल चोरेका थिए ।

प्रतिक्रिया