

मुगुमा आगलागी हुँदा २ जनाको मृत्यु , तीन वटा घर जलेर नष्ट

मुगु – मुगुको खत्याड गाउँपालिका-२ गोडेखोलामा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति भएको आगलागीबाट तीन वटा घर जलेका छन् ।
लालके संज्याल, दीपक संज्याल र सन्दीप संज्यालको घर पूर्ण रुपमा जलेको वडाअध्यक्ष हेमराज मल्लले जानकारी दिए ।
आगलागीबाट लालके संज्यालका छोरा १४ वर्षका विशाल संज्याल र छोरी १२ वर्षकी झरना संज्यालको मृत्यु भएको हाे। राति लागेको आगो स्थानीय बासिन्दाको सहयोगमा आज बिहान मात्र निभाइएको छ ।

