पनौतीबाट २८५ किलो गाँजासहित ३ जना पक्राउ


काभ्रे- काभ्रेको पनौतीबाट २८५ किलो लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान पनौती नगरपालिका–५ आईटि पार्कस्थित पनौती बनेपा सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरको डिआई गाडीमा चेकजाँच गर्दा भर्खर काटेको जस्तो हरियो देखिने अप्रशोधित गाँजा प्लाष्टिकका ७३ वटा बोरामा फेला पारिएको हो ।

प्रहरीले  गाँजासहित नुवाकोट विदुर–११ घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने वर्ष ३५ को बुद्धमान तामाङ, रामेछापको रामेछाप– ८ घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने वर्ष २० को सञ्जिव तामाङ र सोही स्थान बस्ने वर्ष ५३ कि विमला तामाङलाई पक्राउ गरेकाे छ ।

पक्राउ गरिएको उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।

प्रतिक्रिया