साढे ४ किलो चरेश भारत लैजाँदै गर्दा प्रहरी फन्दामा परिन् बासु घर्ती


कपिलवस्तु – प्रहरीले साढे ४ किलोग्राम चरेशसहित एक जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका– ३ की ३८ वर्षीय बासु घर्ती मगर रहेकी छन् ।

उनलाई रुकुमबाट भारत लैजाँदै गरेको ४ किलो ६४६ ग्राम लागुऔषध चरेशसहित कपिलवस्तुको कृष्णनगर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

ती महिलाले झोलामा ९ वटा पोका बनाएर नरेश भारत लैजाँदै गरेकी थिइन् ।

 

प्रतिक्रिया