नेपाल समाजवादी पार्टीले बोलायो केन्द्रीय कार्यकारिणी बैठक


काठमाडौं – नेपाल समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ ।

संशोधित विधान मस्यौदा अनुमोदनका लागि समाजवादी पार्टीले बैठक बोलाएको हो ।

विधानमा सङ्घीय परिषद्को व्यवस्था राख्ने कि नराख्ने विषयबारे कार्यकारिणी बैठकमा छलफल हुने बताईएको छ ।

फागुनभित्र महाधिवेशन गर्न सम्भव नभएपछि शनिवार बसेको केन्द्रीय समितिले महाधिवेशनको मिति एक वर्ष थप गर्ने निर्णय गरेको थियो ।

रिक्त रहेको २१ जना सदस्यका अद्यावधिक गरी निर्वाचन आयोगलाई लिखित जानकारी गराउने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया