मुक्का हानेर एटीएम फोड्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ


पोखरा- पोखरामा बैंकको एटीएम फोड्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका घर भई हाल पोखरा १७ विरौटा बस्ने २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेल छन् ।

पौडेलले पोखरा महानगर ८ मा रहेको एनएमबि बैंकको एटीएम मुक्का हानेर फोड्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए ।

पौडेललाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता विकले बताए ।

प्रतिक्रिया