मेनुकालाई एआई जडित स्मार्ट भिजन चस्मा, अब मान्छे चिन्न सक्ने


काठमाडौं – गायिका मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा दिएका छन्।

इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन्।

रियालिटी शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन समेत गरिएको थियो। लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमा पुगेका थिए। ती डाक्टरले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा प्रदान गरेका थिए।

उक्त चस्मा लगाएपछि मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँड्डुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने सो अवसरमा बताएका थिए। डाक्टरले सबै जज् र अतिथिलाई मञ्चमा बोलाएर उक्त चस्माको डेमो प्रस्तुत गरेका थिए।  चस्मा लगाइसकेपछि मेनुकाले चिकित्सक र इण्डियन आइडललाई धन्यवाद दिइन्। ​

मेनुकाले इण्डियन आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र प्रतिस्पर्धा गरिरहेकी छिन्।

प्रतिक्रिया