
सशस्त्र प्रहरीका आईजीको रसिक पाराः टिकटकको भिडिओ भयो भाइरल (भिडिओसहित)
काठमाडौं– साहित्य र गीत लेखनमा पनि सक्रिय सशस्त्र प्रहरीका महानिरिक्षक (आईजी) शैलेन्द्र खनालले टिकटकमा गरेको अभिनयको भिडिओ भाइरल भएको छ।
पत्नीको टिकटक एकाउन्टमा राखिएको भिडिओमा उनले ‘नबोली नबोली’ बोलको गीतमा अभिनय गरेका छन्। ३३ सेकेन्डको भिडिओमा उनको अभिनयमा रसिक पारा झल्किएको छ।
सुरक्षा निकायको प्रमुख भए पनि साहित्य, गीत लेखनमा उनको झुकावसँगै गीत संगितमा पनि पारङ्गत रहेको स्पष्ट देखिन्छ। उनको पारिवार पनि गीत संगीतमा सक्रिय छन्। केही महिनाअघि उनका छोराको पनि म्युजिक भिडिओ आएको थियो।
हेर्नुहोस् भिडिओ



कागजपत्र |
