अभिनयको अर्थपूर्ण यात्री सबिन, भन्छन्– फिल्म लय बिनाको कविता


काठमाडौं– भनिन्छ– सृजनाको प्रधान शत्रु भनेकै राम्रो चेतना हो। र, यो चेतना सबैसँग हुनुपर्ने ठान्छन्, सबिन श्रेष्ठ।

कलाकारितामा चेतनाको ठूलो भूमिका हुन्छ। त्यसैले समाजमा छाप पार्न सक्ने श्रव्यदृश्यबारे सबिनभन्दा जानकार को होलान् र? उनको अभिनय यात्राको थालनी नै त्यहि विन्दुबाट भएको थियो।

सबिनको नाम नेपाली कला क्षेत्रलाई माया गर्नेहरूले सायदै कमै मात्र सुनेको हुनुपर्छ। उनले अभिनयको शिल्पलाई पर्दापण गरेको लगभग दुई दशक हुन लागेको छ।

२००३ बाट उनले रंगिन दुनियाँलाई सृजनासहितको पेशामा ढल्काउने यात्रा सुरु गरे। हालै मात्र उनी ‘कसो कसो माया बसो’ भन्ने फिल्ममा अनुबन्धित भएका छन्।

‘यस क्षेत्रलाई निरन्तरता दिनुको अर्थ टिक्नु मात्र होइन, अभिनयको उन्नयनमा साथ दिनु पनि ठान्ने गरेको छु’, सबिन सुनाउँछन्। सबिर श्रेष्ठले निर्देशन गर्ने फिल्ममा सबिन मुख्य भूमिकामा रहेका छन्।

सानो पर्दा अर्थात् टेलिभिजनमा प्रशारण हुने चेतनामूलक कार्यक्रमबाट उनको अभिनय यात्रा सुरु भएको थियो। आधुनिक पुस्ताको मनोविज्ञानलाई पर्दामा उतार्नका लागि युनिसेफ र नेपाल टेलिभिजनको संयुक्त लगानीमा नेपाल टेलिभिजबाट प्रसारण भएको ‘क्याटमाण्डु’बाट उनले अभिनय यात्र सुरु गरे।

त्यसबेला यो टेलिफिल्म युवा पुस्तामा लोकप्रिय थियो। सबिनको परिचय स्थापना गर्ने त पहिलो पाइला भयो नै यसबाट धेरै कलाकारको उत्पादन भएको थियो।

त्यसैको उपजले नै दुई दशकको यात्रामा उनले दुई दर्जन बढी ठूलो पर्दाका फिल्ममा अभिनय गरिसके भने तीन दर्जन बढी म्युजिक भिडिओ खेलिसकेका छन्।

कुनै समय कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित कार्यक्रम घरबेटी बा र कलेजमा समेत उनको अभिनयले तारिफ पाएको थियो।

सबिनले ‘अन्दाज’बाट ठूलो पर्दाको यात्रा सुरु गरेका हुन्। उनको डेब्यु फिल्मले दर्शकको मन मस्तिष्कमा उनी छाउन सफल भए। यसपछि निरन्तर कला क्षेत्रमा सक्रिय छन्, सबिन।

हमेशा, बर्षा, हवल्दार सुन्तली, आधी बाटो, भाग सानी भाग, लुटेरालगायतका फिल्ममा उनी जमेर अभिनयमा उत्रिए। ‘हिरो रिटर्नस रिलिज हुन बाँकी छ। लक डाउनका कारण फिल्म क्षेत्र पनि प्रभावमा परेको थियो त्यसैको असरले गर्दा ढिलो भयो’, सबिन भन्छन्।

तर ‘हिरो रिर्टन्स’को च्यारिटी शो भने भारतको सिक्किम, दार्जलिङलगायत बिभिन्न शहरमा र नेपालको पूर्व क्षेत्र र सिन्धुधीमा ६ चैतमा हुन लागेको उनी बताउँछन्।

विभिन्न कम्पनीका ब्राण्ड एम्बेस्डरका रुपमा समेत सबिन स्थापित भइसकेका छन्। उनले अन्य चार फिल्मका लागि साइन गरिसकेका छन्। खाइलाग्दो ज्यानका कारण धेरैको नजरमा पर्ने अभिनेता हुन् सबिन। ‘फिल्ममा अभिनेतालाई हिरोका रुपमा प्रस्तुत गरिन्छ, त्यसका लागि शारिरीक सुगठन राम्रो हुनुपर्छ। यसैले ध्यान दिने गरेको छु’, उनी भन्छन्।

ज्यान बनाउनकै लागि उनले मासिक डेढ लाख खर्च गर्छन्।  सबिनले भने, ‘एउटा तितो यथार्थ के हो भने, संसारमा हरेक व्यक्तिको भाग्य एक दिन चम्कन्छ । आत्तिएको छैन, मेरा फिल्मले पनि लय समात्नेछन्।’

फिल्ममा विभिन्न जनरा हुन्छन्। उनले अहिलेसम्म समातेको जनरा भनेको एक्शन लभ थ्रिलर नै हो। ‘फिल्मलाई फिल्मका रुपमा नै प्रस्तुत गरिएको जनरामा सक्रिय रहेको छु। अभिनय गर्ने मान्छेका लागि हरेक जनरामा फिट हुन सक्नुपर्छ भन्ने हेक्का छ’, उनी भन्छन्, त्यसैले एउटा फिल्म लयबिनाको कविता हो भन्ने लाग्छ मलाई।’

प्रतिक्रिया