जब ४ बालकलाई बालिकामाथि करणी गर्न लगाइयो…


काठमाडाैं- ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गराउन लगाएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल रहेका छन् ।

उनीसँगै करणीमा संलग्न दुई बालक पनि पक्राउ परेका छन् । उनीहरुको उमेर १० वर्ष रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सुकविरले ४ जना बालकहरूलाई ती बालिकामाथि जबरजस्ती करणी गर्न लगाएको भनेर उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूमध्ये २ जना बालकलाई आफन्तको जिम्मा लगाएर पठाइएको छ ।

सुकबिर कुमाल र २ जना बालकमाथि जिल्ला अदालत दाङबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्ररहीले जनाएको छ ।

प्रतिक्रिया