पीएम एकदिवसीय क्रिकेटमा आर्मी विजयी


काठमाडौं – त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो।

जितका लागि ८९ रनको सामन्य लक्ष्य पछ्याएको आर्मीले ९ दशमलव ५ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो। आर्मीका लागि सन्तोष कार्कीले ३२ रनको योगदान दिए।

उनले २७ बलमा ६ चौका र १ छक्कासहित ३२ रन बनाएका हुन् । ओपनर इमरान शेख २५ बलमा ५ चौका र १ छक्कासहित ३२ रन बनाए। कुशल मल्ल ७ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहे। कोशीका सुजन थपलियाले एक विकेट लिए।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी २४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो। कोशीका कप्तान अङ्कित सुवेदीले ३७ बलमा ९ चौकासहित सर्वाधिक ४१ रन बनाए। त्यसबाहेक कोशीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

आर्मीका साहब आलम एक्लैले ६ विकेट लिए। कुशल मल्लले दुई तथा सोमपाल कामी र विवेक यादवले समान एकरएक विकेट लिए।

प्रतिक्रिया