‘डिजे म्याग टप १००’ को नोमिनेसनमा फेरि पर्यो ‘एलओडी’


काठमाडाैं – नेपालकै चर्चित क्लब ‘एलओडी’ ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ।

एलओडी युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ को क्लब क्याम्पियनमा पुन: परेको हो। एलओडी क्लब यसअघि विश्वकै ५२ र ४९ औं स्थानमा परिसकेको छ ।

डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ।

एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा नेपालको नाम सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले बताए।

रात्रीकालीन व्यवसाय तथा क्लबिङले आन्तरिक र बाह्य पर्यटकको प्रवर्द्धन गर्न सहयोग गरिरहेको उनले बताए।

एलओडी क्लबमा पूर्वराज ज्ञानेन्द्र शाह सपरिवार गएपछि सर्वसाधारणका माझ पनि थप चर्चित भएको थियो ।

प्रतिक्रिया