
काठमाडौंमा महँगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री गर्ने गिरोह
काठमाडौं- काठमाडौंबाट नक्कली मदिरा बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौंको बौद्धबाट नक्कली मदिरा बनाउने गिरोहका ९ जनालाई पक्राउ गरेको हो ।
नक्कली मदिरा बनाउने कारखानामा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए ।
उनीहरूले महँगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेका थिए ।
प्रहरीले नक्कली मदिरासमेत बरामद गरेको छ । उनीहरूलाई प्रहरीले आज नै सार्वजनिक गर्ने जनाएको छ ।



कागजपत्र |
