पाँचखालमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ


पाँचखाल – काभ्रेको पाँचखालमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । पाँचखाल नगरपालिका–७ शिखरपुरको झाडीमा एक युवतीमाथि सामूहिक बलात्कार भएको पं्रहरीले जनाएकाे छ ।

गत पुस २७ गते साँझ भाडामा बस्दै आएकी १९ वर्षीया युवतीलाई सोही स्थानमा बस्ने युवाहरुले सामूहिक बलात्कार गरेको जनाइएको छ ।

ती युवतीलाई बलात्कार गरेको अभियोगमा चार युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेहरुमा उदयपुर ताप्ली गाउँपालिका -८ घर भई पाँचखाल -७ भाडामा बस्दै आएका २८ वर्षीय धिरज हमाल, भोजपुर षडानन्द गाउँपालिका -८ घर भई सोही स्थानमा बस्दै आएका घनश्याम श्रेष्ठ, धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका -४ घर भई पाँचखाल ७ बस्ने १९ वर्षका अमर विक र सोही स्थानमा काम गरी बस्ने १७ वर्षीय बालक छन् ।

 

प्रतिक्रिया