साहित्यकार अमरको ‘छायाँ’ सार्वजनिक


काठमाडौं – ओएसनेपालको आयोजनामा राईजिङ्ग कृयटिभको प्रस्तुतिमा राजधानीमा एक समारोहबीच सुरेन्द्र महर्जन ‘अमर’ को २८ औं कृति छायाँ गीति एल्बम सार्वजनिक भएको छ ।

एल्बमभित्र मेलिना राई र प्रदिप ग्लानको स्वर रहेको ‘म भन्दा नी’ मिलन नेवार र दिपक लिम्बुको स्वर रहेको ‘फेसबुकमा लेखूँ कि टुइटरमा लेखूूँ, प्रदिप ग्लानको स्वरमा ‘आँसु झर्दा पुच्छी दिने’, रिता के.सीको स्वरमा ‘थाहै नपाई’, आर्यन खत्री र संगीता रायमाझीको स्वरमा ‘तिम्रो कसम’ र लुमा स्याङ्ग्बोको स्वरमा ‘रमझम रमझम लाग्छ तिमी साथ हुँदा’ स्वर रहेको छ ।

गीतहरूको संगीतकारहरूमा राम कार्की, पुष्कर सुनुवार, राजकुमार, सबिन लिम्बुको रहेको छ भने गीतहरूको एरेन्जर पुष्कर सुनुवार, राम कार्की, टंक बुढाथोकी, बुद्ध सायमी आदि रहेको छ । कार्यक्रममा गायक प्रदिप ग्लानले मिठो म भन्दा नि–३ को गीत गाउनुका साथै मन्तव्य व्यक्त गरेको थियो ।

पत्रकारहरू तुलसी गिरी, कविराज बुढाथोकी, बिकाश आचार्य, यमन पौडेल, पाशङ्ग तामाङ, राजु श्रेष्ठ, संगीतकारहरू सन्तोष श्रेष्ठ, विनोद श्रेष्ठआदिले सुरेन्द्र महर्जन ‘अमर’ को कृतिबारे धारणा राखेका थिए ।

प्रतिक्रिया