


बालिकालाई फकाएर कानको मुन्द्रा र खुत्रुकेको पैसा चोर्ने महिला पक्राउ

पोखरा- पोखरामा बालिकालाई फकाएर कानमा लगाएको मुन्द्र चोर्ने महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका– ६ घर भइ पोखराको गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
उनले ६ वर्षीया बालिकालाई ललाइफकाई गरेर कानको मुन्द्रासँगै घरमा राखेको खुत्रुके (भुड्की)को पैसा चोरी गरेको आरोप छ ।
श्रेष्ठले पुस २० गते पोखराको शीतलादेवीमा बालिकाको सुनको मुन्द्रा र खुत्रुकेमा राखेको २ हजार २४० रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।
चोरी गरेको २ थान मुन्द्रा र रकमसहित पक्राउ गरेको उनले बताए ।

