


तत्कालीन पर्यटनमन्त्रीको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आएन : अध्यक्ष तिमिल्सिना

काठमाडौं- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालीन पर्यटनमन्त्री र कर्मचारीहरुको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आउन नसकेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले अघिल्लो प्रतिनिधि सभाको कार्यकालमा विभागीय मन्त्री र कर्मचारीहरूको स्वार्थका कारण नेपाल हवाई सेवा प्राधिकरण विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक आउन नसकेको बताएका हुन् ।
नागरिक उड्डयनको नियामक र सेवाप्रदायक छुट्टै बनाउने कानूनमा कर्मचारीले विरोध गर्दा तत्कालीन अवस्थामा मन्त्री र प्रधानमन्त्री कानून ल्याउनबाट पछि हटेको उनले तर्क गरे । उनले विधेयक नाअएकै कारण युरोपियन युनियनले नेपाल माथि लगाएको हवाई प्रतिबन्ध खुल्ला हुन नसकेको बताएका छन् ।
उनले अझै पनि सरकारले चाहेमा सो विधेयक ल्याएर पारित गर्नसक्ने भएपनि प्रयत्न नगरिएको बताए ।

