


भन्सार छली चोरी पैठारी गरी ल्याएका गाडीहरू बरामद

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भन्सार छलेर ल्याएका ८ सवारी साधन बरामद गरेको छ ।
कार्यालयका अनुसार राजधानीका विभिन्न स्थानबाट नक्कली कागजात र बेवारिसे अवस्थामा छाडिएका विभिन्न ब्रान्डका ८ गाडीहरु बरामद गरेको हो ।
कार्यालयका अनुसार बरामद भएका भे १ च ३६९९ नम्बरको स्कर्पियो, DL 8 CBE 9498 नं. को CRETA, बागमती प्रदेश ०१-०२४ च १२०४नं. को BREZZA, UP 25 CS 4842नं. को VENUE, बा १६ च ४०८५नं. को CRETA, बागमती प्रदेश ०१-०२८ च ०५५८ नं.को BREZZA, बागमती प्रदेश ०१-०२७ च १३८७नं. को BREZZA, बागमती प्रदेश ०२-०१२ प १११७नं.को Royal Infield मोटरसाईकल बरामद गरेको छ ।
ती सबै साधनहरू आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाण्डौ पठाईएको जनाएको छ ।

