बम्जनलाई थुनामा पठाउने जिल्ला अदालत सर्लाहीको आदेश


काठमाडौं – अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

जिल्ला अदालत, सर्लाहीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरी काठमाडौंमा सार्वजनिक गरि आज बिहान सर्लाही जिल्ला अदालतमा पेश गरेको थियो ।

प्रतिक्रिया