बालाजुबाट नक्कली नोटसहित महिला पक्राउ


काठमाडौं- बालाजु माछापोखरी चोकबाट नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा काभ्रेको नवबुद्ध नगरपालका–१० घर भई तारकेश्वर नगरपालिका–५ लोलाङ्ग बस्ने २५ वर्षीया मनिषा न्यौपाने रहेकी छन् ।

१ हजार दरको ५ थान नक्कली नोटसहित उनलाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया