


हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका– ८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामई गाउँपालिका(७ का ३८ वर्षीय तुलसी मङराती रहेका प्रहरीले जनाएको छन्।
बुधबार साँझ ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र- १-०५-००१ ज ००३५ नम्बरको हायसले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा मङराती गम्भीर घाइते भएका थिए।

