
आलोकनगरमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ
काठमाडौं– राजधानीको आलोकनगरस्थित रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक माङ्खा गाउँपालिका–९ घर भई भक्तपुर बस्ने ४० वर्षीय गोपाल चौलागाई समेत ४ जनालाई सोमबार साँझ पक्राउ परेका हुन् ।
प्रहरी वृत्त वानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १८ हजार ९ सय ८० रूपैयाँ, १ सय ५ अमेरिकी डलर र ४ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
