

रियल गोर्खा सहकारीका अध्यक्ष र सदस्य पक्राउ

काठमाडौं- सहकारीको १२ करोड रकम हिनामिना गरी फरार रहेका अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्क बहादुर कठायत र संस्थाका सदस्य विनोद कुमार ओझा रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरूले सहकारीका बचतकर्ताको १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ हिनामिना गरेको प्रहरीको आरोप छ ।

