नयाँ बानेश्वरका दुई व्यापारिक फर्मलाई कारबाही, अढाई लाख जरिवाना


काठमाडौं- विभिन्न बाहानमा उपभोक्ता ठगेको पाइएपछि नयाँ बानेश्वरका दुई व्यापारिक फर्मलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उनीहरुलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

नयाँ बानेश्वको कस्मेटिक पसललाई २ लाख जरिवाना तिराएको आनन्दराज पोखरेलले जानकारी दिए । उक्त पसलले रिलेवलिङ गरेको गुणस्तरहीन सामाग्रीको व्यापार गर्दै आइरहेको थियो । यस्तै, कम परिमाणको वस्तुलाई महँगो मूल्यमा बेचेको समेत विभागले जनाएको छ ।

नयाँ बानेश्वरकै रेडिमेड तथा थान कपडा पसललाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । यो पसलले मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको पाइएको विभागले जनाएको छ । यस्तै, मूल्यसूचीमा राख्नुपर्नेमा त्यो समेत नराखेको अनुगमनका क्रममा पाइएपछि ५० हजार जरिवाना तिराइएको पोखरेलले बताए ।

नयाँ बानेश्वर क्षेत्रका ५ व्यापारिक फर्ममा अनुगमन गर्दा यी दुई वटा फर्ममा कैफियत देखिएको थियो ।

प्रतिक्रिया